२५ असार २०८३, बिहीबार

महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलका ९८ सांसदले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग प्रस्ताव लोकतन्त्रमाथि प्रहार र गणतन्त्रलाई कमजोर बनाउने षडयन्त्रका साथ आएको निष्कर्ष निकाल्दै एमालेले प्रतिवाद गर्ने निर्णय गरेको हो ।

 बैठकपछि महासचिव शंकर पोखरेलले  सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरिने बताए । एमालेले सम्पूर्ण रुपमा महाभियोगको प्रतिवाद गर्ने र जनतालाई  पनि महाभियोगको विपक्षमा उभिन आग्रह गर्ने पनि उनले बताए ।
माओवादी र कांग्रेस सत्तामा भएको बेला सधै प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर आक्रमण गर्ने गरेको भन्दै पोखरेलले यसको प्रतिवादमा उत्रिनुपर्ने सचिवालयको निष्कर्ष रहेको सुनाए ।

बैठकले सभामुख अग्नि सापकोटाले संसदमा सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको ठहर पनि गरेको छ । उनलाई मार्गप्रशस्त गर्न वा गल्ती सच्याउन पनि एमालेले विकल्प दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्