१० साउन २०८३, आइतबार

रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेन जाने उडानहरू रद्द

फागुन २, २०७८
रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेन जाने उडानहरू रद्द

रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेका छन् । 

तर व्यापारिक उडानका लागि आफ्नो हवाईक्षेत्र खुला राख्न युक्रेनले करोडौं रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । 

विमान कम्पनीहरूले युक्रेनतर्फको उडान निलम्बन गरेपछि युक्रेन सरकारले पनि रुसी नागरिकहरूलाई देश प्रवेश गर्न रोक लगाएको छ । 

युक्रेनको विमान स्काईअपको स्वामित्व भएको कम्पनीले विमानलाई युक्रेनी हवाईक्षेत्रमा प्रवेश गर्न नदिएपछि आइतवार विमान मोल्दोभातर्फ डाइभर्ट गर्नुपरेको थियो । 

एभियान्युजले युक्रेन केही समयपछि नै व्यापारिक उडानका लागि नो फ्लाई जोन बन्न सक्ने चेतावनी दिएको छ । 

युक्रेनबाट बाहिर जाने र भित्र आउने उडानहरूलाई सोमवारबाट ग्राउन्डेड गरिने बताइएको छ । 

युक्रेनको भौतिक पूर्वाधार मन्त्रालयले विमानसेवाहरू कुनै बाधाअवरोध विना नै सञ्चालनमा रहेको जनाएको छ । युक्रेनी प्रधानमन्त्री देनिस श्मिगलले देशको हवाईक्षेत्र हुँदै उडान जारी राख्नका लागि १६.६ अर्ब हृव्निया (युक्रेनी मुद्रा) छुट्ट्याइएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्