०४ साउन २०८३, सोमबार

ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिजमा नेपाल र आयरल्यान्ड भिड्दै

ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिजमा नेपाल र आयरल्यान्ड भिड्दै

ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले सोमवार आयरल्यान्डको सामना गर्दैछ । 

नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३:४५ मा शुरूआत हुनेछ । 

सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको थियो । 

यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड यूएईसँग १३ रनले पराजित भएको थियो । 

यस आयरल्याडसँगको खेलसँगै नेपालको आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्