२३ असार २०८३, मंगलबार

२४ घण्टामा थपिए ७४७ संक्रमित, ८ जनाको मृत्यु

२४ घण्टामा थपिए ७४७ संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ नमूना परीक्षणमध्ये ४८२ पीसीआर र २६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९०० छ । 

मन्त्रालयका अनुसार थप २३१९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ४० हजार ९०२ पुगेको छ । 

हाल मुलुकभर २० हजार ७३९ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्