×

NIC ASIA

वैवाहिक बलात्कार कसूरमा साढे ३ वर्ष सजाय

फागुन २, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

वैवाहिक बलात्कारको कसूरमा उच्च अदालत दिपायलले अछामका एक पुरुषलाई ३ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको ठहर गर्दै उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगत बहादुर थापाको इजलासले सो फैसला सुनाएको हो ।  बहुविवाह गरेपछि प्रहरीमा जाहेरी दिई कारवाही गराएको भनी प्रतिवादले विवाहित गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई जबरजस्ती करणी समेत गरेको आरोप लागेको थियो ।

उक्त मुद्दामा परिवर्तित नाम (ब) ले बहुविवाहको मुद्दामा छुटेर आएपछि श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए। यस्तै २०७७ असोज ६ गते जबरजस्ती करणी समेत भएको भन्दै पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दाको अनुसन्धान गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडितको शारीरिक परीक्षण गर्दा गर्धन र दायाँ कुमतर्फ चोट पटक लागेको देखिएको औँल्याइएको थियो। पीडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरी अनुसार गडाउ गरी बेहोरा लेखाएको र प्रतिवादीले भने सहमतिमा करणी गरेको भनी बयान दिएका थिए। पीडितले आफूमाथि जबरजस्ती करणी भएपछि छिमेकीलाई गुहारी आफूमाथि भएको अन्यायको बेहोरा सुनाएको र सोही कुरा साक्षीहरूले अदालतमा ब्यक्त गरेका थिए।


Advertisment
Rupse Holidays
Nabil box

तर जिल्ला अदालतले भने पीडितले जबरजस्ती करणी गरेको भन्ने बेहोराको बकपत्र गरेको भएतापनि जबरजस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी सफाई दिएको थियो।

Vianet communication

सोमबार भने उच्च अदालत दिपायलले जिल्ला अदालतको सो फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोँकमा निर्मम तरिकाले कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेकोमा दोषी ठहर गर्दै यो सजाय सुनाएको हो।

विद्यमान कानून अनुसार एउटा कसुर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसुर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बर सम्म थप सजाय हुने भएकोले यस मुद्दामा ३ बर्ष ६ महिना कैद तोकिएको फैसलामा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x