१४ असार २०८३, आइतबार

मिटरब्याजीको डरलाग्दो जालो !

फागुन ३, २०७८
मिटरब्याजीको डरलाग्दो जालो !
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त छ। त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटरब्याजको समस्या विकराल छ। केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटरब्याज लिएको अभियोगमा पक्राउ परेका थिए।

प्रहरीका अनुसार मिटरब्याजको रमाइलो पक्ष के हुन्छ भने मिटरब्याजीहरू बेरोजगार हुन्छन् तर ब्याज दिनेहरू व्यापारी/व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ। ‘ह्यान्ड टु ह्यान्ड' र 'क्यास ट् क्यास कारोबार हुने गर्छ।

यस्तैमा हालै मात्र एउटा ठूलो मिटरब्याजीको जालोमा काठमाडौँ उपत्यकामा लामो समयदेखि मदिराको व्यापार व्यवसाय गर्दै आएको सम्पन्न परिवार परेको छ । काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजी तनावमा गत पुस २१ गते बेपत्ता भएको घटना सार्वजनिक भएको छ।

बेपत्ता अग्रवाल परिवारको खोज तथा अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको निवासबाट ‘मिटरब्याजीले दिएको शारीरिक तथा मानसिक यातना सहन नसकेर भाग्न बाध्य भएको पत्र फेला पारेको थियो । “एक अर्बभन्दा बढी ऋणमा डुबेकाले अग्रवाल परिवार नेपाल छाडेर भारत पुगेको रहेछ”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “ऋण लिएकाहरूबाट चरम यातनासँगै परिने वा बाँच्ने टुङ्गो नभएको समेत पत्रमा उल्लेख थियो।”

सो घटनाको केही दिनपछि अग्रवाल परिवार पुनः नेपाल फर्किएको छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवर र मित्र भण्डारीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्