२७ असार २०८३, शनिबार

विषयगत समिति गठन नै नगरी बित्यो कार्यकाल

फागुन ३, २०७८
विषयगत समिति गठन  नै नगरी बित्यो कार्यकाल

 स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा   पनि अधिकांश   स्थानीय   तहले विषयगत समितिको अभ्यास गर्न  सकेनन्  ।  

स्थानीय  तहका  जनप्रतिनिधिले     कार्यपालिकाको     कामलाई  नियन्त्रण  र  निर्देशन  गर्ने  निकायका रूपमा रहेको गाउँ/नगर सभाको    विषयगत    (संसदीय)    समितिविना  नै  स्थानीय  तहहरूले  पाँच वर्ष गुजारेका छन् ।

स्थानीय  तहको  गाउँ,  नगर  र  जिल्ला  सभा  सञ्चालन  कार्यविधिमा  कार्यपालिकालाई  गाउँ  र नगर सभाप्रति उत्तरदायी बनाउन आवश्यकताअनुसार  विषयगत  समिति  गठन  गर्न  सक्ने  भन्ने  उल्लेख छ ।

गाउँ र नगर सभामा विधायन  समिति,  विकास  तथा  सुशासन समिति र लेखा समिति गरी तीनवटा समिति निर्माण गर्न सक्ने व्यवस्था छ ।

स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले  स्थानीय  तहमा  कार्यपालिकाको  काममा  सन्तुलन  कायम  गर्न  गाउँ/नगर  सभामा  तीनवटा समिति निर्माण गर्नुपर्ने भए पनि  त्यस्तो  विषयगत  समितिको  अभ्यास  नभएको  बताए ।गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्