×

NMB BANK
NIC ASIA

नेपालका नेतालाई कुनै धम्की दिएका छैनौं : अमेरिकी राजदूत

फागुन ३, २०७८

NTC
Premier Steels

अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको प्रतिक्रिया दिएको छ।

Muktinath Bank

अमेरिकी राजदूत र्या‍न्डी बेरीले सोमबार केही पत्रकारसँग कुराकानी गर्दै आफूहरूले धम्की दिएको भनी आएको विषय पूर्णरूपमा गलत भएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए।


Advertisment
Nabil box
Kumari

त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले कुरा गरेको विषय बाहिर आएको थियो।

Vianet communication

राजदूत बेरीले भने यसको सिधै खण्डन गरेका छन्।

'हामीले कुनै पनि खालको धम्की दिएका छैनौं, यो पूर्णरूपमा असत्य हो,' उनले भने, 'हामीले नेपाली नेताहरूसँग छलफल त गरिरहेका छौं। तर, पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहसजस्तो पक्कै थिएन।'

अमेरिकाले नेपाललाई एमसीसीका सम्बन्धमा गरेको प्रतिबद्धता पालना गर्न आग्रह गरेको उनको भनाइ थियो।

राजदूत बेरीले यसलाई अनुमोदन गर्ने कि नगर्ने नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा निर्णय गर्ने विषय भएको बताए।

उनले यस सम्बन्धमा नेपालले स्वयं निर्णय गर्नुपर्ने समेत उल्लेख गरे। उनले भने, 'नेपालले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस् ताकि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून्।'

अमेरिकाले एमसीसीका सवालमा फैलाइएका मिथ्या खबरहरू चिन्ताजनक भएको उल्लेख गरेको छ। यस सम्बन्धमा राजदूत बेरीले भने, 'दुर्भाग्यवश, यो विकास कार्यक्रम भ्रामक सूचनामा फसेको छ। सो भ्रामक सूचना एक यस्तो कार्यक्रमविरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ। त्यसको विपक्षमा को हुन सक्छ ?'

राजदूत बेरीले अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो भएको उल्लेख गरे।  अन्नपूर्ण पोस्टमा कमलदेव भट्टराईले खबर लेखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x