०३ असार २०८३, बुधबार

प्रतिनिधिसभा बैठक शुरू भएकै दिन एमसीसी 'टेबुल' गर्ने तयारी

फागुन ३, २०७८
प्रतिनिधिसभा बैठक शुरू भएकै दिन एमसीसी 'टेबुल' गर्ने तयारी

सरकारले प्रतिनिधिसभा बैठक शुरू भएकै दिन अमेरिकी सहयोग परियोजना (एमसीसी) 'टेबुल' गर्ने तयारी गरेको छ।

सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बुधबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगरे सम्भवत बुधबार नै एमसीसी टेबुल हुनेछ । एमसीसी अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनमा सहमति भएको दाबी गरिएको छ।

काग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी परियोजनालाई कसैले रोक्न नसक्ने भन्दै संसद्मा टेबल गर्ने तयारी भइरहेको बताए । 'अब एमसीसी संसद्मा टेबुल हुन्छ, सभामुखले पनि रोकेर राख्ने कुरा छैन, अब संसद्मा नै छलफल हुन्छ, पास फेल जे हुन्छ त्यहीँ हुन्छ,' कांग्रेस नेता पौडेलले सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा भने ।

सरकारका एक मन्त्रीले संसद् बैठक सुरु भएकै दिन एमसीसी पेस गर्ने तयारी भइरहेको जानकारी दिए। राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्