०८ साउन २०८३, शुक्रबार

महाभियोग दर्तापछि कांग्रेसले संसदीय दलमा छलफल गर्दै

महाभियोग दर्तापछि कांग्रेसले संसदीय दलमा छलफल गर्दै

पाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि काँग्रेसले यसबारे थप छलफल गर्न लागेको हो ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले बैठक बिहान ९ बजेका लागि बोलाइएको बताइन् ।

 बैठकमा मुख्य एजेण्डा जबराविरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति तय गर्ने हुने उनको भनाइ छ ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्