
काठमाडौं, १८ असार– असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
तीनवटा प्रदेशका ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको मतपरिण आउने क्रम जारी छ । पछिल्लो विवरण अनुसार २ सय ३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
जस अनुसार नेकपा एमालेले ९१ स्थानीय तहमा जीत निकाल्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७६ स्थानीय तहमा जित निकालेको छ । यस्तै माओवादी केन्द्रले २८ स्थानीय तहमा जीत निकालेको छ ।
राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जित निकाल्दा फोरम नेपाल र समाजवादी फोरमले एक एक स्थानीय तहमा जित निकालेका छन् ।