०८ साउन २०८३, शुक्रबार

रहेनन् साहित्यकार ताना शर्मा

रहेनन् साहित्यकार ताना शर्मा
तस्वीरः विकिपेडिया

झर्रोवादी आन्दोलनका अगुवा तथा नियात्रा विधाका संस्थापक डा. तारानाथ (ताना) शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको हो । 

शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् । 

उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए । 

उनको कृति 'बेलाईततिर बरालिँदा'ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो ।

उनले 'सम र समका कृति' का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वर्णपदक थापेका थिए भने २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार हात पारेका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्