१४ असार २०८३, आइतबार

पर्यटन मन्त्री प्रेम आलेको भाइरल अडियो– यस्तो छ परिवारमा बसेर सुन्नै नसकिने संवाद

पर्यटन मन्त्री प्रेम आलेको भाइरल अडियो– यस्तो छ परिवारमा बसेर सुन्नै नसकिने संवाद
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेर एक युवकलाई तथानाम गाली गरेको अडियो भाइरल बनेको छ ।

कुराकानी सुन्दा दुवैजना परिचित जस्तो लाग्छ । अडियोमा मन्त्री आलेले युवालाई अपशब्द बोलेर गाली गर्दै अपहरणको धम्की समेत दिएका छन् ।

उक्त अडियो सामाजिक सञ्जालमा व्यापक शेयर भइरहेको छ । प्रायले मन्त्री आलेको आलोचना गर्दै अडियो शेयर गरिरहेका छन् ।

हेर्नुहोस्, मन्त्री आले र एक युवक बीचको संवाद :

युवक : हजुर

मन्त्री : कहाँ हुनुहुन्छ, तपाईं ?

युवक : म इन्डियातिर छु ।

मन्त्री : अनि तपाईंको त्यो कमेन्ट हेरेँ, के लेख्या त्यस्तो यार ?

युवक : हैन हजुर, हामीले पनि यस्तो आश गरेका थिएनौं, के गर्नु !

मन्त्री : कस्तो आश ?

युवक : यस्तो हुन्छ भन् ने आश लागेको थिएन के ।

मन्त्री : भन् न तेरिमा (...अपशब्द) मैले त्यस्तो के गरेको छु ?

युवक : के गरेको छु ?

मन्त्री : भन् तेरिमा (...अपशब्द) तँ । तँलाई (...अपशब्द) त्यहीँबाट उठाउँछु, कुन ठाउँमा छस् भन् त ।

युवक : आऊ न त यता आऊ, मुम्बई छु म ।

मन्त्री ? तेरिमा (...अपशब्द) भन्, तँ ठाउँ भन्, तँ कुन ठाउँमा छस् ?

युवक : हँ

मन्त्री : मुम्बई कहाँ हो ? भन् तँलाई त्यहीँबाट उठाएर ल्याउँछु तेरिमा (...अपशब्द) तँ !

युवक : आइज न तँ मूला बेसरम तस्कर ।

मन्त्री : तेरिमा (...अपशब्द) मुम्बई कुन ठाउँमा हो भन् त ?

युवक : आइज न जहाँ भने पनि ।

मन्त्री : भन् तँ कुकुर ।

युवक : मूला बेसरम लाज छैन । मन्त्रीका लागि बेची खाने तस्कर ।

मन्त्री : जे पायो त्यही लेख्छस्, साला कुकुर ? तँलाई (...अपशब्द), तँलाई त्यहीँ आएर तेरो खुट्टासुट्टा काटेर साला प्याक गरेर हालिदिन्छु । रन्डीको छोरा साला ।

युवक : के गर्छस् तँ कुत्ता भन् न ।

मन्त्री : तँ (...अपशब्द) कहाँ छस् भन् न ?

युवक : तँ रन्डीको बान होस् । तँ चुतिया साले । (...अपशब्द) तस्कर । ९ महिना जेल बसेर आको होइनस् ? मलाई सिकाउँछस् !

मन्त्री : तेरिमा (...अपशब्द) त्यहाँ चैनी ट्वाइलेट सफा गर्छस् होला रन्डीको छोरा ठूलो कुरा गर्छस् ।

युवक : तँ मुलाजस्तो होइन क्या चर्पी सफा गरेर खाने । आइज न म के काम गर्छु हेर पहिला ।

मन्त्री : ए भन् न त तेरिमा (...अपशब्द) कहाँ छस् ?

युवक : तँ रन्डीको बान साले । भाग खाते ।

मन्त्री : तँलाई त्यहीँबाट उठाइदिन्छु तेरिमा साले । बम्बई कुन ठाउँमा छस् भन त कुकुर ?

युवक : बम्बई तँलाई भन्या मात्रै हो । अँधेरीमा छु आइज न ।

मन्त्री : तेरिमा (...अपशब्द) ठेगाना पठा त तेरो ।

युवक : अँधेरी छु अँधेरी, तेरो को मान्छेलाई पठाउने हो पठा । म्यासेन्जरमा नम्बर दिएको छु त ।

मन्त्री : तेरिमा (...अपशब्द) तँलाई त्यहीँबाट उठाइदिन्छु ।

युवक : पख् न तँ अब कति भाइरल हुन्छस्, हेर्दै जा ।

salt training

कमेन्ट गर्नुहोस्