२४ असार २०८३, बुधबार

टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  टिप्परले आज बिहान ठक्कर दिँदा साइकल यात्री ४० वर्षीया डिला पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । 

ठक्कर दिने  रा १ ख १२८६ नम्बरको टिप्पर  नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । चालक भने फरार छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्