
रोल्पा गंगादेव गाउँपालिका-४ गौरामाठेका २७ वर्षीय महेश वलीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
रोल्पा प्रहरीले गंगादेव-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
गंगादेव गाउँपालिका-४, तिखेचुलामा पर्शुरामले खुकुरी प्रहार गर्दा महेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पाखापानीबाट खटिएको टोलीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।
गम्भीर घाइते महेशको मालेखोला स्वास्थ्य चौकी हुँदै राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।