१३ असार २०८३, शनिबार

नेपालीलाई विदेशमै विद्युतीय राहदानी

फागुन ४, २०७८
नेपालीलाई विदेशमै विद्युतीय राहदानी

विदेशमा रहेका नेपालीले  अब  आफू  रहेकै  मुलुकबाट  विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।

विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ ।

राहदानी  विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  विदेशबाट  'लाइभ  इनरोलमेन्ट’  गरेर  विद्युतीय  राहदानी  नेपालमै  छापिनु  देशकै  लागि  ऐतिहासिक  सफलता  रहेको  बताए ।

 पहिलो  चरणमा  वैदेशिक  रोजगारीमा  रहेका  नेपालीको  सङ्ख्या  धेरै  भएका  मुलुकमा  विद्युतीय  राहदानी  वितरणको  अभियान  सुरु गरिएको छ ।

उनका  अनुसार  अहिलेसम्म  कतार,  मलेसिया,  साउदी  अरब,  ओमान  र  कुवेतबाट  विद्युतीय  राहदानी  जारी  गर्ने  कार्यमा सफलता प्राप्त भएको छ ।

उनले भने, “मङ्गलबार ओमान र कुवेतमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको उद्घाटन भएको छ । विश्वका सबै देशमा सेवा पुर्‍याउने प्रयासमा छौँ ।” गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्