२५ असार २०८३, बिहीबार

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ ।

बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । 

बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले लोकान्तरलाई जानकारी दिए । 

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए ।

अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनको भनाइ छ। 

उनले भने,‘गाडीलाई बन्दकर्ताहरूले ढुंगाले हानेछन् । गाडीको सिसा फुटेको छ, अहिले गाडी फर्काइसकेको अवस्था छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्