
सार्वजनिकस्थलमा प्र्यांक भिडियो बनाउने एक व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले झापा बिर्तामोड-४ घर भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो ।
सर्वसाधारणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने गरेको र सोको गोप्य भिडियो तयार गरेर ‘नेपाली प्र्यांक्स्टर्स्’ नामक युट्युब च्यानलमा राख्ने गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।