२० असार २०८३, शनिबार
एमसीसीको ज्वरो

एमसीसीको विपक्षमा रहने निर्णय जानकारी गराउन प्रचण्ड बालुवाटारमा, सकेसम्म रोक्ने प्रयास

एमसीसीको विपक्षमा रहने निर्णय जानकारी गराउन प्रचण्ड बालुवाटारमा, सकेसम्म रोक्ने प्रयास

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । 

बुधवार बसेको माओवादी संसदीय दलको बैठकका निर्णय जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।

माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने र जबरजस्ती अगाडि बढाउन खोजे सरकार छाड्ने निर्णय गरेको थियो ।

संसदीय दलको निर्णय प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने प्रचण्डले बताएका थिए । 

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रचण्डले एमसीसी टेबुल गर्ने तयारी रोक्न प्रधानमन्त्रीसँग आग्रह गर्ने माओवादीका एक नेताले जानकारी दिए । 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ । अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिहरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्