०७ साउन २०८३, बिहीबार

बेलायतले दिएको एन्टी ट्यांक हतियारको परीक्षण गर्दै युक्रेन

फागुन ४, २०७८
बेलायतले दिएको एन्टी ट्यांक हतियारको परीक्षण गर्दै युक्रेन

युक्रेनी सैनिकहरूले मंगलवार एन्टी–ट्यांक हतियारले अभ्यास गरेका छन् । 

बेलायतले जनवरी महिनामा २ हजारवटा एनएलएडब्ल्यू एन्टी–ट्यांक हतियार युक्रेनलाई उपलब्ध गराएको थियो । 

युक्रेनी सैनिकहरूले पूर्वी दोनेत्स्क क्षेत्रमा हतियारको परीक्षण गरेका हुन् । उनीहरूले हालैका दिनमा निरन्तर अभ्यास गरिरहेका छन् । 

युक्रेनका सैन्य कमान्डरहरूले आइतवार एक बयान जारी गरेर रुसले तेर्स्याएको जोखिमको सामना गर्नेमा जोड दिएका छन् । 

उनीहरूले स्टिंगर र जेभलिन क्षेप्यास्त्र देखाउँदै भने, ‘हामी शत्रुलाई भेट्न तयार छौं । फूलले हैन, स्टिंगर जेभलिन र एनएलएडब्ल्यूले ।’
 

कमेन्ट गर्नुहोस्