×

NMB BANK
NIC ASIA

दाउपेचमा नेता, रनभुल्ल जनता

एमसीसी अनुमोदन नहुँदै साढे ४ अर्ब खर्च, कार्यालय र तलब भत्तामा मात्रै ३१ करोड स्वाहा !

फागुन ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को किस्सा शुरू भएको एक दशक भयो । २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालले अमेरिकी सहयोग एमसीसी लिनेबारे प्रारम्भिक काम अघि बढेको थियो । 

Muktinath Bank

त्यसबेला माओवादी केन्द्रको नेता रहेका भट्टराई प्रधानमन्त्री बनेका थिए । एमसीसीका सबै शर्त र प्रावधानहरू भट्टराई प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री रहँदा तय भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतामा हस्ताक्षर भने प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको बेला २०७४ सालमा भएको थियो । 


Advertisment
Nabil box
Kumari

शुरूमा खासै विवाद र चर्चा नभएको एमसीसी केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकार रहेका बेला यो विषयमा निकै चर्चा भयो ।

Vianet communication
Laxmi Bank

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको जोडबलमा एमसीसी सदनबाट अनुमोदन गर्ने प्रावधान थपिएपछि विरोधको बिउ रोपिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सदनबाट पारित गर्न प्रयास गरे पनि त्यतिबेला उनकै पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतका नेताहरूले विरोध गरे ।

एमसीसीकै विवादले नेकपामा विभाजनको रेखा कोरिन वातावरण बनायो ।

अहिले अमेरिकाले नेपालमा एमसीसीबारे वार कि पारको नीति लिएपछि यो परियोजना चरम विवादको भुमरीमा परेको छ । 

एमसीसी परियोजना कार्यान्वयन गर्नका लागि नेपालमा ‘एमसीए नेपाल’ नामको कार्यालय स्थापना गरिएको छ, जसमार्फत एमसीसी परियोजना कार्यान्वयन गर्ने भनिएको छ ।

तर, मुख्य राजनीतिक दलहरू एमसीसीको सन्दर्भमा एकमत हुन नसक्दा उक्त कार्यालय र एमसीसी सम्झौताकै भविष्य अन्योलमा परेको छ ।

त्यो भन्दा महत्वपूर्ण कुरा देशको राजनीतिक समीकरणमा नै एमसीसीले फेरबदल ल्याउने सम्भावना बढेको छ । 

अमेरिकी अधिकारीहरूले फागुन १६ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न समयसीमा तोकिदिएका छन् । 

उक्त समयसीमामा अनुमोदन नगरे नेपालबाट एमसीसी फिर्ता हुने र नेपाल अमेरिकाको सम्बन्धमा पुनर्विचार हुने ‘धम्की’ अमेरिकी अधिकारीहरूले दिएका छन् । 

प्रमुख राजनीतिक दल र नेताहरू विभिन्न दाउपेचमा लाग्दा जनता भने रनभुल्ल छन् ।

एकातिर सम्झौता अनुमोदन गर्न कि नगर्ने भन्नेमा सिंगो देश दुई ध्रुवमा विभाजित छ भने अर्कातर्फ परियोजनाअन्तर्गत ४ अर्ब ४६ करोड रूपैयाँ खर्च भइसकेको छ । 

एमसीए नेपालको कार्यालय सञ्चालनदेखि परियोजना कार्यान्वयन गर्ने तयारीका क्रममा साढे चार अर्ब खर्च भएको हो । 

आयोजना कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार अहिलेसम्म भएको खर्च नेपाल सरकार र अमेरिका दुबै निकायबाट भएको छ । 

यस्तो खर्च आयोजना कार्यान्वयनको पूर्व तयारीका शर्त पूरा गर्ने क्रममा भएको विष्टले बताए ।

सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले कार्यान्वयनमा जान सकेको छैन । अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गतको यो परियोजनामा २०७७ असारदेखि नै काम शुरू हुनुपर्ने भएपनि यसका पूर्व शर्त पूरा हुन नसक्दा कार्यान्वयनमा जान सकेको छैन ।

एकातिर सम्झौता अनुमोदन गर्न कि नगर्ने भन्नेमा सिंगो देश दुई ध्रुवमा विभाजित छ भने अर्कातर्फ परियोजनाअन्तर्गत ४ अर्ब ४६ करोड रूपैयाँ खर्च भइसकेको छ ।  एमसीए नेपालको कार्यालय सञ्चालनदेखि परियोजना कार्यान्वयन गर्ने तयारीका क्रममा साढे चार अर्ब खर्च भएको हो । 

संसदबाट अनुमोदन हुनेबित्तिकै परियोजना कार्यन्वयन भइहाल्ने अवस्था पनि छैन । जग्गा अधिग्रहण गर्ने काम बाँकी नै रहेकाले ५ वर्षे निर्माण अवधिको गन्ती शुरू गर्न भने अझै एकदेखि डेढ वर्ष लाग्ने अनुमान विष्टको छ । सम्झौतामा परियोजना कार्यान्वयन शुरू भएको ठीक पाँच वर्षमा सम्पन्न हुनुपर्ने भनिएको छ । 

एमसीसीअन्तर्गत नेपालभित्र डबल सर्किट ४०० किलो भोल्टको लगभग ३०० किलोमिटर प्रसारण लाइन निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

जसमा काठमाडौंको उत्तरपूर्वमा पर्ने लप्सीफेदीदेखि काठमाडौंको पश्चिममा पर्ने रातामाटेसम्म पहिलो खण्ड रहनेछ ।

दोस्रो खण्डमा रातामाटेदेखि काठमाडौंको दक्षिणमा पर्ने हेटौंडासम्म तेस्रो खण्डमा रातामाटेदेखि पश्चिममा तनहुँको दमौलीसम्म चौथो खण्डमा दमौलीदेखि दक्षिण पश्चिम बुटवलसम्म र पाँचौं खण्डमा बुटवलदेखि भारतीय सीमासम्म रहेका छन् ।

यो परियोजनामा अमेरिकाले ४५ करोड ९५ लाख अमेरिकी डलर लगानी गर्नेछ भने नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नेछ । यो रकम सडक निर्माण तथा स्तरोन्नति र विद्युत् उत्पादन तथा ट्रान्समिसन लाइन जडानमा खर्च हुनेछ ।

यो परियोजनाको वित्तीय व्यवस्थापन अर्थात् कर्मचारीको तलब, प्रशासनिक काम, कम्युटर खरिद, अनुगमन, सम्भाव्यता अध्ययन, डिजाइन, परियोजना तयारीका काम, एमसीसीले स्वीकृत गरेका सम्झौता कार्यान्वयनलाई सहज बनाउने अन्य काममा खर्च गर्नका लागि ४ करोड ५ लाख अमेरिकी डलर छुट्टयाइएको छ ।

गत आर्थिक वर्षमै नेपालमा यो परियोजनाअन्तर्गत ३ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ खर्च भइसकेको छ । चालू आवको पहिलो ६ महिनामा ३१ करोड ६७ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । 

यो खर्च केही महिनाअगाडि नै पठाएको खर्च भएकाले त्यसपछि थप भएको खर्च र भुक्तानीसहितको खर्च जोड्दा साढे ४ अर्ब नाघेको एमसीए नेपालको तथ्यांक छ ।

यो आयोजना निर्माण गर्न चालू आर्थिक वर्ष २०७८/७९ का लागि ९ अर्ब १० करोड २३ लाख रुपैयाँ बजेटसमेत विनियोजन भएको छ । 

उक्त बजेटबाट हालसम्म प्रारम्भिक इञ्जिनियरिङ डिजाइनको काम, रातामाटे सबस्टेसनका लागि जग्गा अधिग्रहण, सडक मूल्यांकन सर्वेक्षण, पुनर्वास कार्ययोजना, जीवन मापन पुनःस्थापना योजना र धरातलीय सर्वेक्षण तथा किलो गाड्ने काम मात्रै भएको छ । चालू आवमा यो परियोजनामा २ प्रतिशत काम भएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

विष्टका अनुसार यो आयोजनामा भएको खर्च सबैभन्दा बढी जग्गा अधिग्रहणमा नै गएको छ । अहिलेसम्म ४०० रोपनी जग्गा अधिग्रहणमा १ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ । 

एमसीए नेपालले जग्गा अधिग्रहणबाहेक पारमर्शदाता नियुक्त गर्ने, आयोजनाको डिजाइन गर्ने, वनको क्यिरिङसहितमा उक्त खर्च गरेको हो । 

अझै प्रसारण लाइनमुनिको जग्गा जग्गा अधिग्रहण गर्नै बाँकी छ । ९ सय वटा टावरका लागि गर्नुपर्ने उक्त जग्गा अधिग्रहणमा नै करीब १२ देखि १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

यस्तो जग्गा कुनै टावरको लागि एक रोपनीसम्म नै अधिग्रहण गर्नुपर्ने र प्रसारण लाइनमुनिको जग्गाको पनि राइट अफ वे क्लियर गरेर राख्नुपर्ने भएकाले जग्गा अधिग्रहणमा अहिले भएको भन्दा धेरै रकम खर्च हुनै बाँकी रहेको पनि विष्टले बताए ।

१० जिल्लाका विभिन्न स्थानीय तहका ९६ वटा वडा भएर जाने यो परियोजना कार्यान्वन हुने भयो भने अहिले भएकै काम र तयारीले निरन्तरता पाउँछ, अन्यथा तयार भएको डकुमेन्ट र योजना सरकारको हुन्छ । त्यसलाई कुनै पनि रूपमा अगाडि बढाउन सक्ने गरी प्रयोग गर्न सकिने छ ।

यसका साथै यो आयोजनामा दाङको भालुवाङदेखि बाँकेको सिमानामा पर्ने शिवखोलासम्मको ७९ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिमा पनि खर्च हुने भएको छ । यो सडकलाई मेटल रोड बनाउन अहिलेको भन्दा नयाँ तरिकाले पिच गर्ने भएकाले पनि नमूना सडक बन्ने अपेक्षा गरिएको छ । 

दरबारमार्गमा कार्यालय रहेको एमसीए नेपालमा ६२ जना कर्मचारी पुगिसकेका भएपनि संसदबाट अनुमोदनमा ढिलाइ हुँदा केही घटेर हाल ४८ जना कर्मचारी छन् ।

समग्र खर्चको करीब ७ प्रतिशत कर्मचारी र कार्यलय सञ्चालनमा खर्च भएको विष्टको भनाइ छ । यसरी हिसाब गर्दा करीब ३१ करोड २२ लाख रुपैयाँ तलब भत्ता र कार्यालय सञ्चालनमै खर्च भएको देखिन्छ ।

एमसीसीको सम्झौता भएको चार वर्ष भएपनि एमसीए नेपाल स्थापना भएको भने तीन वर्ष पूरा भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x