×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सत्ता गठबन्धन असन्तुलित, सामान्य गल्तीले ‘दुर्घटना’को खतरा !

फागुन ५, २०७८

NTC
Premier Steels

अमेरिकी सहयोग परियोजना एमसीसीमा मत विभाजित भएपछि सत्ता गठबन्धन फुटको निकट पुगेको छ । एमसीसी संसदमा टेबल गर्न जोडबल गरिरहेको नेपाली कांग्रेसले सुझबुझपूर्ण निर्णय नलिएमा गठबन्धन दुर्घटनातर्फ जानसक्ने धेरैको आँकलन छ ।

Muktinath Bank

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा बिना संशोधन एमसीसी टेबल गरिए पार्टीले विपक्षमा मतदान गर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको छ भने सोही पार्टीको भ्रातृ संगठनले सडक तताउन थालिसकेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसीको पक्षमा छैन भने सो पार्टीको विद्यार्थी संगठन पनि सडकमा आइसकेको अवस्था छ । यस्तो अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संशोधनबिनै एमसीसी पारित हुन नहुने पक्षमा रहेको प्रष्ट हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, नेपाली काँग्रेस भने कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने पक्षमा रहेको छ । काँग्रेसले संसदीय दल र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी पारित गराउन लागिपर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण ध्यान त्यसमै लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तो पृष्ठभूमिमा गठबन्धन एमसीसीकै विषयमा असन्तुलित भएको छ भने माओवादी र समाजवादी आफ्नो अडानमा टसमस हुने र काँग्रेस एक्लै अघि बढे गठबन्धन फुट्ने निश्चित जस्तै छ ।  माओवादी अध्यक्ष प्रचण्ड यही सन्देश लिएर बुधबारको पार्टी संसदीय दलको बैठकपछि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डको सन्देशपछि देउवा तत्कालका लागि एमसीसी संसदमा टेबल गर्नबाट ब्याक त भए तर अझै पनि उनी अर्को बैठकमा एमसीसी लैजान प्रयासरत छन् । यसबारे छलफल गर्न बिहीबार गठबन्धनको बैठक बोलाएको अवस्थामा सो बैठकले एमसीसीका साथसाथै गठबन्धनको भविष्य पनि तय हुने अपेक्षा गरिएको छ ।
एमसीसीका कारण गठबन्धनमा उत्पन्न खटपटसम्बन्धी विवरणसहित लोकान्तर राउण्ड अपमा स्वागत छ।  

Vianet communication

अब २४ घण्टाका बाँकी समाचार संक्षेपः
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि बुधबारको प्रतिनिधि सभा बैठक तीनवटा शोक प्रस्ताव पारित गरेर फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । बुधवार बसेको बैठकले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट तत्कालीन संविधान सभाका सदस्य जगतबहादुर ताजपुरिया तथा २०५८ सालमा राष्टिय सभामा एमालेको तर्फबाट निर्वाचित सांसद लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा एमालेबाट सभासद निर्वाचित डा दुमनसिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो ।  

त्यसअघि बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न औपचारिक प्रस्ताव गरेका थिए । कार्यव्यवस्थामा सहमति जुट्न नसकेपछि कार्यसूचीमा एमसीसी समावेश हुन सकेको थिएन । संसद बैठकमा एमालेले अवरोध पनि गरेको थियो ।

००००
कानून न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले आगामी संसद बैठकमा एमसीसीसँगको सम्झौता पेश हुने बताएका छन् । संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बडूले भने, ‘संसद्मा प्रवेश गराउनको लागि छलफल, समय चाहिन्छ भन्ने भएपछि एक दिन छलफलको समय दिएका छौं । ६ गतेको संसद बैठकमा प्रस्ताव पेश हुन्छ ।’
००००
बुधबार एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रहरीमाथि प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका थिए । बुधवार एमसीसीको विरोधमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, वाईसीएल, राप्रपा, शाही शक्ति पार्टीलगायतले प्रदर्शन गरेका हुन् ।
००००
पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७५६ नमूना परीक्षणमध्ये ५४८ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप १६०० जना संक्रमणमुक्त भएका छन् ।

००००
चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन् ।
००००
भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय निगमले  पेट्रोल  ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।
मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
००००
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुुसार यसअघि रिट दरपीठ भएको थियो ।
००००
काठमाडौंमा १००० दरका नेपाली नक्कली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोक एरियामा केही व्यक्तिले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको हो ।
००००
गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो ।
००००
इमर्जिङ नेपालको प्राथमिक शेयर निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएका २३ लाख ३१ हजार २५८ आवेदनकमध्ये जम्मा ५१ हजार ६७९ आवेदकलाई मात्रै आइपीओ परेको छ । यसमध्ये ८ जनालाई ११ कित्ताका र बाँकीलाई १० कित्ताका दरले आइपीओ बाँडफाँट भएको छ ।
००००
साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से परिसूचक १९.८४ अंकले घटेको छ । यो साता आइतवारदेखि घट्दै गएको नेप्से सोमवार सम्हालिए पनि मंगलवार ५३ अंकले घटेको थियो । बुधबार पनि दोहोरो अंकमै घटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x