२४ असार २०८३, बुधबार

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुनसक्ने बताएका छन् ।

एमसीसी देशको हितमा रहेकोले पारित गर्नुपर्ने कांग्रेसको धारणा रहेको समेत उनले बताए । 

कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक लोकार्पण गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले एमसीसी पास या फेल हुने सम्भावना बराबर रहेको बताएका हुन् । 

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्नु पर्ने भन्दै कांग्रेस एमसीसीको पक्षमा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्