२७ जेठ २०८३, बुधबार

भारतको राफेल लडाकू विमानलाई टक्कर दिन चीनले पाकिस्तानलाई दियो जे–१०सी विमान

फागुन ५, २०७८
भारतको राफेल लडाकू विमानलाई टक्कर दिन चीनले पाकिस्तानलाई दियो जे–१०सी विमान

चीनको लडाकू विमान जे–१० को नयाँ संस्करण जे–१०सी पाकिस्तानमा छिट्टै आइपुग्ने खबर छ । 

चीनका यी २५ वटा विमानले मार्च २३ मा पाकिस्तान डेको परेडमा फ्लाईपास्ट गर्ने बताइएको छ । सिंगल इन्जिन लडाकू विमानहरूलाई पाकिस्तान वायुसेनाको आधुनिकीकरणका लागि ल्याइएको हो । 

पहिलोपटक यो विमान चीनबाहिर बेच्न लागिएको हो । चीनको सिचुआन प्रान्तमा रहेको छङ्तु एयरक्राफ्ट कर्पोरेसनको कारखानामा विमान बनाइएको हो । 

चीनले रुसी इन्जिनमा निर्भरता घटाउनका लागि धेरै प्रयास गरिरहेको छ । जे–१० मा चीनमै बनेको डब्ल्यूएस–१०बी ताइहाङ इन्जिन जडान गरिएको छ । पहिलेका जे–१०ए र जे–१०बी संस्करणहरूमा रुसको एएल–३१एफ इन्जिन जडान गरिएको थियो । 

पाकिस्तानले किनेको जे–१०सी विमान देशमा भित्र्याउन लामो समय लाग्दैन किनकि त्यसको इन्जिन ट्रान्सफरका लागि मस्कोको स्वीकृति अनिवार्य छैन । 

भारतले फ्रान्ससँग राफेल विमान किनेपछि पाकिस्तानले पनि आफ्नो वायुसेनालाई बलियो बनाउने कोशिश गरिरहेको छ । पाकिस्तानसँग अहिले नै रहेको जेएफ–१७ लडाकू विमानहरूमा यी नयाँ विमान थपिनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्