०२ असार २०८३, मंगलबार

प्रेमिकाले अस्ट्रेलिया नलगेको झोकमा फेसबूकमा अश्लील फोटो पोस्ट गरेपछि ...

प्रेमिकाले अस्ट्रेलिया नलगेको झोकमा फेसबूकमा अश्लील फोटो पोस्ट गरेपछि ...
प्रतिकात्मक तस्वीर

बुटबल उपमहानगरपालिकाका रवि (नाम परिर्वतन) लाई अस्ट्रेलियामा रहेकी छोरीको फोन आयो । फोनमा छोरीले भनिन्, ‘बाबा म आत्महत्या गर्छु ।’

रवि छाँगाबाट खसेजस्तै भए । रविले ‘किन ? के भयो ?’ भन्न नभ्याउँदै छोरीले फोन काटिन् । त्यसपछि रविले उनीसँगै बस्ने साथीलाई फोन गरे ।

नेपालमा १ जना युवाले सामाजिक सञ्जाल फेसबूकमा नग्न तस्वीर राखेर जथाभावी लेखेपछि उनी आत्महत्याको बाटो रोज्न लागेकी ती साथीले बताइन् । 

बुटबल उपमहानरपालिका–११ देवीनगरका २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठले फेसबूकमा पुराना फोटोहरूमा नग्न तस्वीर ‘इडिट’ गरेर गालीगलौज गर्दै फोटो पोस्ट गरेका थिए । 

त्यसलगत्तै रविले साइबर ब्यूरोमा उजुरी दिए । त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले बताए । 

प्रहरी अनुसन्धानअनुसार ती युवती अस्ट्रेलिया जानुअघि राजनसँग प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध भएको समयमा उनीहरूले खिचेका फोटोहरू राजनसँग थिए । 

अस्ट्रेलिया जानुअघि ती युवतीले आफू गएपछि राजनलाई पनि लैजाने वाचा गरेको प्रहरीलाई बताइएको छ । अस्ट्रेलिया गइसकेपछि पनि केही समय कुराकानी भएको र पछि युवतीले विदेश लैजान नसक्ने भनेपछि झोकमा फेसबूकमा तथानाम लेखेर पोस्ट गर्ने र आफन्तलाई नग्न फोटो, भिडियो पठाउने गरेको बयान राजनले प्रहरीलाई दिएका छन् । 

प्रहरीले उनलाई काठमाडौंमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अहिले राजनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्