×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव प्रयोजनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत, दल दर्ता शुरू

फागुन ५, २०७८

NTC
Premier Steels

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि बिहीवारदेखि दल दर्ता शुरू गरेको छ ।

Muktinath Bank

स्थानीय तह निर्वाचन प्रयोजनका लागि बिहीवार आयोगमा ३ वटा राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । 
 
राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ३ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।
 
आयोगमा बिहीवार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि दर्ता भएका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेभित्र आयोगमा दर्ता गर्न बिहीवार सूचना प्रकाशन गरिएको छ ।
 
आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ‘ई–बिडिङ’को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको तथा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।
 
जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय परिषद्सँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने प्रयोजनका लागि न्याय सेवा आयोगसँग परामर्श गरी फागुन १५ सम्ममा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।
 
निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए ।
 
स्थानीय तह आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीत सन्देशमूलक सन्देश, संवादमूलक सन्देश, लघुकथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । आयोगले उत्कृष्ट सिर्जनालाई पुरस्कृत गर्ने घोषणा समेत गरेको छ ।
 
स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायता प्राप्तिका लागि बुधबार विकास साझेदार समन्वय बैठक सम्पन्न भएको उनले जानकारी दिए । बैठकमा नेपालस्थित विभिन्न २० कूटनीतिक नियोग एवं विकास साझेदारका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको आयोगले जनाएको छ ।
 
आयोगले ‘निर्वाचनमा सबै, सधैं, सँगै’ नाराका साथ यही फागुन ६, ७ र ८ गतेसम्म आयोजना हुने छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सबैमा अनुरोधसमेत गरेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x