२८ जेठ २०८३, बिहीबार

मारवाडी  प्रिमियर लिग क्रिकेट फागुन ११ देखि १४ गतेसम्म हुने

मारवाडी  प्रिमियर लिग क्रिकेट फागुन ११ देखि १४ गतेसम्म हुने

क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औं मारवाडी प्रिमियर लिग (एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ ।
    
नेपाल अग्रवाल युवा मञ्चद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर–२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सीएसवी ११ गरी ५ टोलीबीच १० वटा लिग कल नकआउट प्रतियोगिता हुने जानकारी दिए ।

प्रतियोगितामा विजयी हुने प्रथम टोलीलाई नगद ६१ हजार र दोस्रोलाई २१ हजार नगदसहित ट्रफी र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताका संयोजक हेमन्त अग्रवालले खेल टी–१० को आधारमा खेलाइने जानकारी दिए ।

प्रतियोगिता पूर्व युवाबीच खेलकूदप्रति अभिरुचि जगाउन मोटरसाइकल र्‍यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरिने भएको छ । मारवाडी युवा लिग विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्