२९ असार २०८३, सोमबार

गठबन्धनमा प्रधानमन्त्रीले भने– एमसीसी संसदमा जान्छ, अरू दलको अडान यथावत

गठबन्धनमा प्रधानमन्त्रीले भने– एमसीसी संसदमा जान्छ, अरू दलको अडान यथावत

प्रधानमन्त्री शेरबहादुर देउवाले एससीसी संसदमा पेश गर्ने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहीबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी लैजाने प्रस्ताव गरेको बताए ।
‘बैठकमा गम्भिर रुपले राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको छ । संसद कसरी सुचारु गराउने र एमसीसीलाई संसदबाट कसरी निष्कर्षमा पु¥याउने बारे छलफल भएको छ’, कार्कीले भने । शुक्रबार १० बजे फेरि बस्नेगरी बैठक स्थगित भएको कार्कीले बताए ।

‘पाँच दलमध्ये चार दल सरकारमा छौं । हाम्रा आआफ्ना मूल्यमान्यता छन् । सहमतिका साथ निष्कर्षमा पु-याउनको लागि बैठक बस्ने तय भएको छ’, कार्कीले भने ।
एमसीसीलाई फागुन १६ गते सम्ममा निष्कर्षमा पु¥याउनुपर्ने भएकाले संसदमा टेबल गर्ने  प्रस्ताव प्रधानमन्त्रीले गरेको कार्कीले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बैठकमा गठबन्धन जोगाउनुपर्ने भन्नेमा सबैले जोड दिएको तर एमसीसीबारे अडान यथावत रहेको जानकारी दिए ।
आजको बैठकमा राष्ट्रिय जनमोर्चालाई भने निमन्त्रणा गरिएको थिएन।

salt training

कमेन्ट गर्नुहोस्