भक्तपुर, १९ असार -जिल्लाका जनप्रतिनिधिले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।चाँगुनारायण नगरपालिका–२ का जनप्रतिनिधिले पहिलोपटक सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेका हुन् ।
सरकारले बैंकमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधिले भने छुट्टाछुट्टै फाइल बनाई घरमै भर्पाई गराएर नगद वितरण गरेका छन् । सरकारले सो भत्ता एकल महिला, ज्येष्ठ नागरिक, पूर्ण अपांगता र आंशिक भएका व्यक्तिलाई वितरण गर्दै आएको छ, राजधानीमा खबर छ ।