१४ असार २०८३, आइतबार

नेपाल आइडल : कानदेवको इन्ट्री, बाहिरिए आदेश

फागुन ६, २०७८
नेपाल आइडल : कानदेवको इन्ट्री, बाहिरिए आदेश

नेपाल आइडल सिजन-४ अन्तर्गत बिहीबारको प्रस्तुति केही फरक थियो।

बिहीबारको कार्यक्रममा कानदेन लिम्बूले वाइल्ड कार्डमार्फत इन्ट्री गर्दा आदेश पौडेल भने नेपाल आइडलको उत्कृष्ट आठबाट बाहिरिएका छन्।

आदेशसँगै अघिल्लो साताको प्रस्तुतिका आधारमा कम भोट ल्याएका रञ्जित नेपाली र नामग्याल तामाङ बटम थ्रीमा परेका थिए।

'कति बाँचौंला है माया तिमीले छोडी गएपछि, कति हाँसौंला है माया तिमीले रुवाइ गएपछि' भन्दै कानदेन नेपाल आइडलको मञ्चमा झुल्किएका थिए। सिजन-१ देखि नै नेपाल आइडलको यात्रा थालेका उनी वाइल्ड कार्डमार्फत उत्कृष्ट आठमा स्थान बनाउन सफल भएका हुन्।

बिहीबारको कार्यक्रममा कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान विशेष अतिथि थिए। कुन्तीले जर्जको कुर्सीमा बसेकी सुवानी मोक्तानको प्रसंशा गर्दै इतिहास रच्ने मञ्चमा छोरीलाई देख्दा आमा-बुवाको सपना पूरा भएको बताइन्।

यसैगरी शिलाबहादुरले छोरीले उन्नति गरेकोमा खुसी व्यक्त गरे।

बिहीबार प्रतियोगीहरूले युगल प्रस्तुति दिएका थिए।

लक्ष्मी पौडेल र रञ्जित नेपालीले 'म यस्तो गीत गाउँछु' बोलको गीत गाएका थिए।

यसैगरी भूपेन्द्र थापामगर र सुमेन पाख्रिनले 'साथीभाइ जर्नेल कर्नेल गोर्खाली पल्टनमा', बेनिशा पौडेल र आदेश पौडेलले 'फूल होइन काँडा, काँडै बाटो हिंडौंला' एवं विश्वास उप्रेती र नामग्याल तामाङले 'आज मन उडेर भाग्छ, किन मलाई यस्तो लाग्छ' बोलको गीत गाएका थिए।

बिहीबारको प्रस्तुति प्रतियोगितात्मक नभई मनोरञ्जनात्मक थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्