नेपाली सेना तथा सैनिक श्रीमती संघले सिरहाको विष्णुपुर गाँउपालिका वडा नं. ४, थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । संघले फागुन ४ गते बेन्च तथा टेबल २०० सेट, स्टिलको दराज ६ थान, जुत्ता राख्ने र्याक ४ वटा, ह्वाइट बोर्ड २ वटा र सूचना बोर्ड १ वटा सहयोग गरेको हो ।
विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्याउने उद्देश्यका साथ संघकी अध्यक्ष सुनिता शर्माको प्रमुख आतिथ्यतामा सो सहयोग प्रदान भएको थियो । भएको उक्त सहयोग कार्यक्रममा नं. २७ बाहिनी अड्डाका बाहिनीपति, सिरहाका प्रमुख जिल्ला अधिकारी, सैनिक श्रीमती संघका उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर गाँउपालिकाका अध्यक्ष, पत्रकारलगायत समाजसेवी, बुद्धिजिवी, शिक्षक तथा छात्र/छात्राहरुको उपस्थिति रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।