कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
बिहीबार भएको सत्ता गठबन्धनको बैठकबाट एमसीसीबारे सहमति जुट्नुको साटो परिस्थिति थप गम्भीर बनेको छ । एमसीसीकै विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद भएपछि गठबन्धननै टुट्ने खतरा देखिएको छ भने यही पृष्ठभूमिमा प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको साथ खोजेका छन् । एमसीसीको विषयमा ओलीको साथ खोज्दै देउवा बिहीबार राति बालकोट पुगेका थिए । बालकोटमा ओली र देउवाबीच करिब २ घण्टा वार्ता भएको थियो भने सो वार्तापछि राजनीति कुन मोडमा पुग्ने हो भन्ने चासो सर्वत्र छ । यद्यपी यो वार्ताबारे दुबै पक्षले अहिलेसम्म मुख खोलिनसकेको अवस्था छ । बालकोट वार्तामा प्रधानमन्त्री पत्नी आरजु राणा पनि सहभागी थिइन् ।
००००
यसअघि गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एससीसी संसदमा पेश गर्ने बताएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहीबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी लैजाने प्रस्ताव गरेको बताए ।
‘बैठकमा गम्भिर रुपले राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको छ । संसद कसरी सुचारु गराउने र एमसीसीलाई संसदबाट कसरी निष्कर्षमा पु¥याउने बारे छलफल भएको छ’, कार्कीले भने ।
‘पाँच दलमध्ये चार दल सरकारमा छौं । हाम्रा आआफ्ना मूल्यमान्यता छन् । सहमतिका साथ निष्कर्षमा पु(याउनको लागि बैठक बस्ने तय भएको छ’, कार्कीले भने ।
एमसीसीलाई फागुन १६ गते सम्ममा निष्कर्षमा पु¥याउनुपर्ने भएकाले संसदमा टेबल गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेको कार्कीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बैठकमा गठबन्धन जोगाउनुपर्ने भन्नेमा सबैले जोड दिएको तर एमसीसीबारे अडान यथावत रहेको जानकारी दिए । बैठक शुक्रबार पनि बस्नेछ ।
००००
नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले शुक्रबारको गठबन्धन बैठकमा सहभागी हुने–नहुने बारे अहिले नै निश्चित नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने शुक्रबारको बैठकमा सहभागिता बारे बिहान परामर्श गरेर निर्णय गर्ने बताए । एमसीसीमा गठबन्धनमा काँग्रेसमात्रै स्पष्ट छ भने जसपाको बाबुराम पक्ष एमसीसी पारित हुनुपर्ने पक्षमा रहेपनि उपेन्द्र यादव सकारात्मक छैनन् । बाँकी एकीकृत समाजवादी, माओवादी केन्द्र र जनमोर्चा विपक्षमा देखिएको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन सो पार्टीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । राजीनामा नगराए आफूले बर्खास्त गर्नेसम्मको अप्रिय कदम चाल्ने देउवाले चेतावनी दिएका छन् ।
बिहीबार सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग एक्लाएक्लै भेट गरेका देउवाले प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन आग्रह गरेका हुन् । ‘तपाईँले अहिलेसम्म पार्टीका मन्त्रीहरुलाई किन राजीनामा गर्न नलगाउनु भएको ? देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा गराउनु भएन भने बर्खास्तसम्मको अप्रिय कदम चाल्छु ।’
माओवादीले एमसीसी टेबल गर्न असहयोग गरेपछि देउवा आक्रोशित बन्द प्रचण्डलाई यस्तो बताएका हुन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ ।
बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
००००
लोकान्तर राउण्ड अपमा अब अन्य समाचार
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पुनरकर्जा सुविधालाई २ प्रतिशत विन्दुले बढाएको छ । यस अघि कोभिड महामारीबाट पीडित व्यवसायीका लागि राष्ट्र बैंकले पुनरकर्जा सुविधा दिएको थियो । अब भने सीमित व्यवसायीलाई मात्रै दिने गरी मौद्रिक नीतिको समीक्षा भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार भएको छ । उक्त समीक्षाले उक्त समीक्षाबाट मार्जिन लोन (शेयर धितो कर्जा)मा कडाइ गर्ने र जोखिम भार बढाएर कर्जा नियन्त्रण गर्ने समेत भएको छ ।
००००
नेपाली कांग्रेसले फागुन १३ गतेका लागि पूर्व निर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीवार बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो ।
००००
नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत पूर्ववर्ती सरकारका ४ मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिएको छ ।झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गरेर अर्बौंको सार्वजनिक सम्पत्ति हडप्न प्रयास गरेको आरोप लगाइएको छ । उजुरीकर्ताले तत्कालीन प्रधानमन्त्री ओली र भूमिसुधार मन्त्री पदमा अर्यालमाथि कारवाही गर्न माग गरेका छन् ।
यस्तै, कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरिएको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ ।
पर्यटन भ्रमण वर्ष २०२० को नाममा करोडौं भ्रष्टाचार गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईमाथि कारवाही गर्न माग गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म र्पुयाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उनले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील कांग्रेसबारे गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्ने बताए ।
००००
नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्कालाई विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार मुद्दामा कसूरदार ठहर भएका खड्कालाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
००००
पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्को बैठकले बिहीवार दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
००००
साताको अन्तिम दिन शेयर बजार मापक नेप्से परिसूचक १.९४ अंकले घटेको छ । यस दिन परिसूचक ०.०७ प्रतिशतले बढ्दै २७३२.५१ विन्दुमा झरेको छ । बिहीवार ठूला कम्पनीहरूको शेयर मापक ०.०२ अंकले घट्दै ५१८.६४ विन्दुमा झरेको छ ।
००००
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो ।
००००
कोरोनाभाइरसका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।
मृतकको कूल संख्या ११ हजार ९ सय ११ पुगेको छ ।
यस अवधिमा ३ सय ६४ संक्रमित थपिएका छन् भने १ हजार ९ सय ९३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...