२८ जेठ २०८३, बिहीबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

फागुन ६, २०७८
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

 कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ ।

यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु सुखद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । “क्यालिबे्रसन उडानले ७० वर्षपछि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ढोका खुल्नेछ,” उनले भने ।

कुनै पनि नयाँ विमानस्थल सञ्चालनमा आउनुपूर्व विमानस्थलमा जडान गरिएका हवाई उपकरणहरू परीक्षणका लागि गरिने उडान नै क्यालिबे्रसन उडान हो । क्यालिबे्रसन उडानपछि जडित उपकरणहरूले सही तरिकाबाट काम गरे या नगरेको तथा कुनै कमजोरी भए त्यो पत्ता लगाउन सकिने प्राधिकरणका सीएनएस विज्ञ मुकुल मिश्रले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्