
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । अर्को बैठक अब फागुन ८ गते पुनः बस्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार नै एमसीसी टेबल गर्नुपर्छ भने पनि अन्य नेताहरूले भने ८ गतेसम्म कुर्न आग्रह गरेका थिए ।
बिहीवार बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि शुक्रवारका लागि बैठक सारिएको थियो ।
गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।