२६ असार २०८३, शुक्रबार

क्यानडासामु पनि नेपालको शानदार बलिङ, सस्तैमा आउट भए ८ ब्याट्सम्यान

क्यानडासामु पनि नेपालको शानदार बलिङ, सस्तैमा आउट भए ८ ब्याट्सम्यान

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले बलिङतर्फ शानदार प्रदर्शन कायम राखेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडासामु शानदार बलिङ प्रदर्शन गरेको हो ।

यो समाचार तयार पार्दासम्म ९ ओभरको खेल सकिँदा नेपालले क्यानडाका ८ ब्याट्सम्यानलाई पेबेलियनको बाटो देखाइसकेको छ ।

यो समाचार तयार पार्दासम्म क्यानडाले जम्मा ४८ रन जोडेको छ । 

नेपाली बलसामु क्यानडाका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।

यो खेल जितेमा नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा पुग्नेछ ।

सेमी फाइनलमा यूएईसँग प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्