०३ असार २०८३, बुधबार

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा अस्पतालका ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा अस्पतालका ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोदकुमार यादवले केन्द्रको छाप आफूखुशी बनाई पीसीआरको नक्कली रिपोर्ट बनाएर दिने गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको छाप बनाएर दुरुपयोग गर्ने गरेको खुलेको हो । यादवले प्रयोग गर्ने गरेको कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरू सबै नक्कली भएको अख्तियारले जनाएको छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका मानिसहरूको स्वाब संकलन गरी अनधिकृत रुपमा रकमसमेत लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन आफूखुशी तयार पारी उपलब्ध गराएकोसमेत खुलेको अख्तियारको भनाइ छ । 

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, आफ्नो कार्यकक्षमा नै व्यक्तिहरूको स्वाब संकलन गर्ने र रिपोर्ट पोजिटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिने गरेको अख्तियारले अनुसन्धानका क्रममा फेला पारेको छ । 

यादवले कसूर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध सोमवार विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्