१८ असार २०८३, बिहीबार
हरेक वस्तु नक्कली

नक्कली बिस्कुट फ्याक्ट्रीमा छापा, 'महकान्ड'लाई पछ्याउँदै जाँदा प्रहरी नै चकित

नक्कली बिस्कुट फ्याक्ट्रीमा छापा, 'महकान्ड'लाई पछ्याउँदै जाँदा प्रहरी नै चकित

महानगरीय प्रहरी अपराध महाशाखाले ठूलो परिमाणमा अखाद्य बिस्कुट बरामद गरेको छ । 

ललितपुरको सुनाकोठीबाट स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीले बिक्री गर्ने गरेको बिस्कुट बरामद गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

यसअघि पनि अखाद्य वस्तु मिसाएर बिक्री गरेको स्पर्श महसहित सञ्चालक ४४ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । 

सोमवार उनैले सञ्चालन गरेको फ्याक्ट्रीमा पुरानो बिस्कुटलाई पिसेर पुनः नयाँ बनाई बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

उनको धन्दा देख्दा छापा मार्न पुगेका प्रहरी अधिकृतहरू नै चकित परेका थिए ।

एसपी कोइरालाका अनुसार उनीहरूले ३ वर्ष पुराना कुकिजहरूलाई पुनः बटर चकलेट, काजु कुकिज बनाई बिक्री गर्दै आएका थिए ।

मिति गुज्रेको पाउरोटीलाई समेत चिकेन रोष्ट बनाउन प्रयोग गर्ने गरेको खुलेको छ । 

प्रहरीले खाद्य तथा गुण नियन्त्रण विभागको उपस्थितिमा फ्याक्ट्रीलाई सिल गरेको छ ।

भेनेगर ५४ कार्टुन, चिनी ३० र्काटुन, अजिना मोटो ३८५ बोरालगायतका सामानहरू बरामद गरिएको प्रहरीको भनाइ छ । 

माघ ७ गते ७६ सय केजी नक्कली मह बनाउने कच्चा पदार्थसहित श्रेष्ठ पक्राउ परेका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्