२२ जेठ २०८३, शुक्रबार

बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी ५ गीत

फागुन १०, २०७८
बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी ५ गीत

एक समयका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरी पाँच दिनअघि नै हामीबाट बिदा भइसकेका छन् ।

यतिबेला उनका डिस्को गीत धेरैभन्दा धेरै सुनिएका छ। नयाँ रिलिज भएका बलिउड गीतभन्दा अहिले बप्पीका गीत बढी सुनिएका छन्।

उनले सन् १९८० र ९० को दशकका धेरै नै यादगार र सदावहार गीत दिएका छन् । उनको निधनको शोकमा बप्पीका प्रशंसकहरूले यतिबेला उनका गीत धेरै नै सम्झिएका छन् । बप्पीलाई उनकै गीत सुनेर शुभचिन्तकले श्रद्धासुमन अर्पण गरेका छन्।

बप्पी लाहिरीले भारतीय सिनेमालाई डिस्कोको लहरमा परिचय गराए । त्यहाँका पप, क्लबदेखि पार्टीहरूमा डिस्को गीत मात्रै बज्ने गरे। उनका डिस्को गीतमा करोडौं दर्शक नाचे । ती दर्शकहरूले उनका उत्कृष्ट डिस्को गीतलाई फेरि धेरै नै सुनेका छन् । उनको निधनपछि सबैभन्दा बढी सुनिएका उनका पाँचवटा डिस्को गीतको यहाँ चर्चा गरिएको छ।

आई एम अ डिस्को डान्सर

चलचित्र डिस्को डान्सरको 'आई एम अ डिस्को डान्सर' गीतको संगीत सिर्जना बप्पी लाहिरीले गरेका हुन् । फिल्म डिस्को डान्सरमा राखिएको यो गीतमा मिथुन चक्रवर्तीको डान्स देखेर करोडौं दर्शकको डिस्को गीत र डान्सको फ्यान भएका थिए । बप्पीको यो अविस्मरणीय डिस्को गीत पहिले सबैभन्दा बढी सुनिएको छ।

याद आ रहा है :

बप्पी लाहिरीको यतिबेला सुनिएको गीतमध्ये दोस्रो स्थानमा रहेको गीत 'याद आ रहा है' हो । यो गीत पनि सन १९८२ मा निर्मित फिल्म डिस्को डान्सर मै राखिएको थियो। यो गीत पनि दर्शकले सर्वाधिक रुचाएको उनको डिस्को गीत हो।

जिमी जिमी आ आ आजा :

एक समय सर्वाधिक चर्चामा रहेको बप्पीको अर्को डिस्को गीत 'जिमी जिमी आ आ आजा..' हो। यो गीत यतिबेला विभिन्न मिडियो मा बजेको र हेरेको हिसाबले तेस्रो स्थानमा छ। पार्वती खानले गाएको यो गीतमा पनि मिथुन

चक्रवर्तीको डिस्को डान्स रहेको थियो।

आवा आउवा:

'बप्पीको यति बेला धेरै सुनिएको र एक समय निकै रुचाइएको अर्को डिस्को गीत 'आवा आउवा .' हो। यो गीतले एक समय सबै डिस्को प्रेमीलाई मो हित तुल्यायो। यो गीतमा उषा र बप्पीले आफ्नो स्वर दिएका थिए। दर्शकले सुनेको हिसाबले यतिबेला यो गीत चौथो स्थानमा छ।

रात बांकी बात बांकी:

यो गीत पनि एक समय निकै चलेको थियो । बप्पीको निधन भएपछि उनका सबैभन्दा बढी सुनिएका डिस्को गीतमध्ये यो गीत पाँचौं स्थानमा रहेको छ। बप्पीले संगीत गरेको यो गीतमा आशा भोस्ले, बप्पी लाहिरी र शशि कपुरको स्वर रहेको थियो । यो गीतलाई फिल्म नमक हलालमा राखिएको थियो । यही गीतको कारण त्यतिबेला सो फिल्म समेत हिट भएको थियो।

यसरी बप्पी लाहिरीको निधनले मर्माहत भएका दर्शकले फेरि यी गीत सुनेर हिन्दी गीतका यी डिस्को किडलाई सम्झिएका छन्। राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्