२३ जेठ २०८३, शनिबार

कंगनाको निशानामा आलिया !

फागुन १०, २०७८
कंगनाको निशानामा आलिया !

बलिउड अभिनेत्री कंगना रनावतले फेरि बलिउडकी अर्की अभिनेत्रीमाथि निशाना साँधेकी छन्।

अभिनेत्री आलिया भट्टको नयाँ फिल्म गंगुबाई काठियावाडी रिलिज हुने तयारीमा रहेको बेला कंगनाले उक्त फिल्मबारे आफ्नो धारणा राख्दै नाम नलिइकन आलिया मात्र नभई उनका निर्देशक पिता महेश भट्टमाथि पनि निशाना साँधेकी हुन्।

उनले इन्स्टाग्राम स्टोरीमा फिल्मबारे लेखेकी छन्।

'यो हप्ता दुई सय करोड माटोमा मिल्नेवाला छ। उक्त फिल्म नराम्रो तरिकाले फ्लप हुनेछ। किनभने फिल्ममा मुख्य भूमिकामै गलत कलाकारलाई लिइएको छ। जबसम्म फिल्म माफिया पावरमा रहन्छन्, तबसम्म बलिउडको भाग्य यस्तै हुनेछ,' आलिया र महेशलाई इंगित गर्दै कंगना लेखिछन्, ‘एक मूभि माफिया पापाकी परी जो ब्रिटिस पासपोर्ट बोक्छिन्, अनि उनको पापा आफ्नी छोरीले अभिनय पनि गर्न सक्छिन् भन्ने सावित गर्न चाहन्छन्।'

कंगनाले अर्को एक स्ट्याटसमा महेश भट्टलाई निशाना साधेर लेखेकी छिन्, 'एक फिल्म माफिया पापा, जो एक्लैले फिल्म इन्डस्ट्रीको कल्चर बदलिदिए। उनले धेरै जना नाम चलेको निर्देशकसँग बेहद चलाखीपूर्ण ढंगको चाल चलेर आफ्नो औसत दर्जाको प्रोडक्टलाई सिनेमाको उत्कृष्ट प्रतिभामाथि राखेका छन्। उक्त फिल्मको रिलिजपछि यसको एक उदाहरण आउनेछ र यो हप्ता एक महान् र प्रतिभाशाली निर्देशक उक्त फिल्म माफियाको अर्को शिकार बन्नेछ।'

कंगनाले निर्देशक सञ्जय लीला भंसालीलाई जोड्दै भनेकी छिन्। साथै, उनले आममानिसलाई उक्त फिल्म हेर्न नहुने पनि उल्लेख गरेकी छन्।

कंगनाले लामो समयदेखि बलिउडमा हुने नातावाद र स्टार किड्सबारे विवादास्पद अभिव्यक्ति दिदै आएकी छन्। नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्