
काठमाडौं, १९ असार आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिने चेतावनी दिएको छ । पार्टीका नेता मनिष सुमनले ३ दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारे ।
नेता सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी भित्र छलफल भइरहेको पनि स्मरण गराए । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने लगायतका माग सम्बोधन गर्न नसकेकोमा सरकारप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सुमनले काँग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै ठूला दल मधेशको शत्रु भएको आरोप समेत लगाए । नेता सुमनले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले आफनो पार्टी र एमालेबीचमा फाटो ल्याएको खुलासा समेत गरे ।