२२ जेठ २०८३, शुक्रबार

मोटरसाइकल चोरी आरोपमा २ जना पक्राउ

फागुन १०, २०७८
मोटरसाइकल चोरी आरोपमा २ जना पक्राउ

काठमाडौंको सामाखुशीबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । 

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को संजय विश्वकर्मालाई वास्तविक नम्वर परिवर्तन गरी प्रदेश ३-०२-१२ प ५५८२ नम्बर भएको एनएस पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । 

वास्तविक नम्बर बा८५प ९०३४  खुल्न आएको उक्त मोटरसाइकल पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाइकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीको भनाइ छ । 

त्यसैगरी सोही स्थानबाट बा ९७ प ३१५५ नम्बरको पल्सर मोटरसाइकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राईलाई पनि नियन्त्रणमा लिइएको छ । 

कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाइकल चोरी भएको भनी असोजमा निवेदन दिएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागी महानगरीय प्रहरी वृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्