२८ जेठ २०८३, बिहीबार

नेपाल बैंकका ग्राहकहरूले बि.एण्ड बि हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने

फागुन १०, २०७८
नेपाल बैंकका ग्राहकहरूले बि.एण्ड बि हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाण्डौको बि.एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र वि एण्ड वि अस्पतालबीच सोमवार सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने छ ।

बि.एण्ड बि. हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत  कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । 

 उक्त कार्यक्रममा हस्पिटलका संचालक प्रा. डा.अशोक कुमार बास्कोटाले बि.एण्ड बि. हस्पिटलले अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशी भएको धारणा व्यक्त गरे । 

त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बि.एण्ड बि. हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे । 

कार्यक्रममा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बि.एण्ड बि.हस्पिटलका तर्फबाट डा.रिना श्रेष्ठ(बैद्य), डा.सरोज बैद्य, डा.बिवेक बांस्कोटा, चेतना बास्कोटा, प्रविण बराल, बिबेक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्