
साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
मंगलवार नेप्से परिसूचक १७.४२ अंकले बढ्दै २७३५.९३ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स ४.३६ अंकले बढ्दै ५२३.१५ विन्दुमा पुगेको छ ।
मंगलवार कुल २ सय २८ कम्पनीको ६० लाख २१ हजार ६०२ कित्ता शेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन २२८ कम्पनीमध्ये १३१ कम्पनीकोे शेयर मूल्य बढेको छ भने ५० कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै अन्य १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन जलविद्युत कम्पनीतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
यस दिन युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशत बढेको छ ।
यस्तै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १.९६ प्रतिशतले घटेको छ ।
मंगलवार कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १२ करोड ७८ लाख १९ हजार ६४९ रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।