२९ असार २०८३, सोमबार

एमालेमा भीम रावलको असन्तुष्टि : देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ?

फागुन १०, २०७८
एमालेमा भीम रावलको असन्तुष्टि : देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ?

नेकपा एमालेका नेता तथा सांसद भीमबहादुर रावलले पार्टीको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् 

हालै प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोगको एमसीसी परियोजनाको विरोधमा अभिव्यक्ति दिएका रावललाई पार्टीले स्पष्टीकरण सोधेपछि उनले असन्तुष्टि जनाएका हुन् ।

मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो भन्दै प्रश्न गरेका छन् ।

रावलले लेखेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरूद्ध बोल्दा कम्युनिस्ट पार्टीले ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? के अब देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ?’

संसदमा लगातार विरोध जनाइरहेको एमालेले आफ्ना सांसद रावललाई बोल्न समय दिएकोमा सभामुख अग्निप्रसाद सापकोटासँग पनि असन्तुष्टि जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्