
लागूऔषधसहित पक्राउ परेका र्यापर लाहुरे अर्थात् आशिष राना धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
लागूऔषधसहित उनलाई प्रहरीले पुस १४ गते पक्राउ गरेको थियो । उनीसँगै नवीनकुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङ पनि पक्राउ परेका थिए ।
उनीहरूलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।