२२ असार २०८३, सोमबार

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै

फागुन १०, २०७८
विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (यूएई) सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । 

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । १७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए ।

बलिङतर्फ यूएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले १–१ विकेट लिए ।

यसअघि यूएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा ४ चौका र ४ छक्का हाने । भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए ।

बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले १ विकेट लिए । नेपालले तेस्रो स्थानका लागि बिहीवार ओमानसँग खेल्नेछ ।

जारी प्रतियोगिताबाट यूएई र आयरल्यान्ड अस्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । आयरल्यान्डले मंगलवारै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्