२७ जेठ २०८३, बुधबार

श्रीलङ्कामा कोभिड–१९ बाट मृतक सङ्ख्या १६ हजार नाघ्यो

फागुन १०, २०७८
श्रीलङ्कामा कोभिड–१९ बाट मृतक सङ्ख्या १६ हजार नाघ्यो

श्रीलङ्कामा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित थप ३० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यससँगै  श्रीलङ्कामा कोभिडका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या १६ हजारभन्दा बढी पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले मङ्गलबार यहाँ गरेको एक अपडेटमा जनाएको छ ।    आधिकारिक तथ्याङ्क अनुसार सोमबार साँझसम्म यो भाइरसबाट कुल मृत्यु हुनेको सङ्ख्या १६,०२४ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या छ लाख ३८ हजार ०४३ पुगेको छ । 

स्वास्थ्य अधिकारीहरूले हाल श्रीलङ्कामा ओमिक्रोन विविधताको सङ्क्रमण फैलिएका कारण  दैनिक एक हजारभन्दा बढी सङ्क्रमित हुने गरेका छन् । कोलम्बोलगायत विभिन्न क्षेत्रबाट अस्पतालमा भर्ना हुनेक्रम बढेको र अक्सिजनमा आश्रित बिरामीको संख्या पनि बढेको अधिकारीहरूले बताएका छन् । तथापि, अस्पतालहरूले उपचारका लागि शैया अभाबको समस्या नदेखिएको बताएका छन् । 

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा माथिका नागरिकहरूलाई अतिरिक्त खोपको मात्रा लिन आग्रह गरेको छ र मानिसहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम राख्नेलगायतका सम्पूर्ण स्वास्थ्य निर्देशिकाहरु कडाइका साथ पालना गर्न प्रोत्साहित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्