०२ साउन २०८३, शनिबार

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुरको कमलविनायकमा

फागुन ११, २०७८
लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुरको कमलविनायकमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १४२औँ शाखा भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा न. १० को कमल विनायकमा संचालनमा ल्याएको छ ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्