
गृहमन्त्री बालकृष्ण खाणले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि कांग्रेस र एमालेबीच संवाद बाक्लिएका बेला गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई उनकै निवासमा पुगेर भेटेका हुन् ।
यसअघि मंगलवार साँझ बालुवाटार पुगेर एमाले नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
भेटमा कुनै जेन्टलमेन्ट सहमति भएको चर्चाका बीच गृहमन्त्री बालकोट पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीको सन्देशसहित बालकोट पुगेका खाणले एमसीसी अनुमोदनमा सघाउन आग्रह गरेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार ओलीले भने त्यसका लागि पहिले सत्ता गठबन्धन टुट्नुपर्ने र आफूहरू संसदमा सहभागी हुने वातावरण बन्नुपर्ने बताएका छन् ।