२४ असार २०८३, बुधबार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ५ सहसचिवको सरुवा

फागुन ११, २०७८
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ५ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिवहरू बासुदेव घिमिरे र सुर्यप्रसाद सेढाईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

अर्को अतिरिक्त समूहमा रहेका सहसचिव दिपक घिमिरेलाई राष्ट्रिय किताबखाना (निजामती) मा सरुवा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राम चरित्रलाई इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव उमेश ढुंगानालाई संघीय मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्